सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, भाद्र ३१ । सरकारले नेपाल वायु सेवा निगमको कार्यकारी अध्यक्षमा मदन खरेललाई नियुक्त गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आइतवार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले खरेललाई निगमको कार्यकारी अध्यक्षमा नियुक्त गरेको हो ।
हाल निगमको कार्यकारीको भूमिकामा महाप्रबन्धक सुगतरत्न कंसाकार रहेका छन् ।
त्यस्तै सरकारले उखु उत्पादक किसानलाई प्रतिक्विन्टल ६५ रुपैयाँ २८ पैसा अनुदान दिने निर्णय पनि गरेको छ ।
चालू आर्थिक वर्षका लागि एक लाख टन चिनीको कोटा निर्धारण गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए ।
बैठकले नेपालको संविधानको धारा २७७ अनुसार राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा विशिष्ट प्रकारको योगदान पुर्याउने विभिन्न व्यक्तिलाई विभूषित गर्ने प्रस्ताव राष्ट्रपतिसमक्ष पेश गर्ने निर्णय पनि गरेको छ ।
बैठकले मुलुकी फौजदारी ९अपराध० संहिताको अनुसूची हेरफेर गरी सबै प्रकारका ठगी मुद्दाको बादी नेपाल सरकार हुने गरी संशोधन गरेको छ ।
त्यस्तै बैठकले नेपालगन्ज्जमा रहेको कपास विकास समितिको नाम परिवर्तन गरेर राष्ट्रिय कपास विकास समिति बनाउने निर्णय भएको पनि सञ्चार मन्त्री बास्कोटाले जानकारी दिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा