सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
भाद्र ३१ । ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरण मुद्दामा उच्च अदालत विराटनगरले निलम्बित डिएसपी प्रजित केसीलाई साधारण तारिकमा रिहा गर्न आदेश दिएको छ।
जिल्ला अदालत मोरङको आदेश उल्टाउदै उच्च अदालत विराटनगरले आइतबार साधारण तारिकमा छोड्न आदेश दिएको हो ।
न्यायाधीश उमशेराज पौडेल र उमेश कुमार सिंहको इजलासले जिल्ला अदालत मोरङले जेठ २८ गते गरेको आदेशलाई उल्ट्याउँदै उच्च अदालतले डिएसपी केसीलाई साधरण तारिकमा छोड्न आदेश दिएको छ।
यसअघि शुक्रबार अदालतले सुन प्रकरणमा थुनामा रहेका एसएसपी दिवेश लोहनीलाई पनि रिहा गर्न आदेश दिइसकेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा