सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ, भाद्र ३१ । नेपाल इन्भेष्टमेण्ट बैंकले स्पाइनल इन्जुरी पुर्नस्थापना केन्द्रलाई व्हील चियर वितरण गरेको छ । आज एक कार्यक्रमका विच मेरुदण्ड पक्षघात भइ अपांगता हुन पुगेका व्यक्तिहरुको सहयोगका लागि व्हील चियर वितरण गरिएको हो ।
काभ्रेको सांगामा रहेको स्पाइनल इन्जुरी पुर्नस्थापना केन्द्रले आयोजना गरेको विशेष कार्याक्रममा बैंकका नायव–महाप्रबन्धक रबिन सिजापतिले १३ वटा व्हील चियर हस्तान्तरण गरेका हुन् ।
व्हील चियर हस्तान्तरण पश्चात नायव–महाप्रबन्धक सिजापतिले मेरुदण्ड पक्षघात भइ अपांगता हुन पुगेका व्यक्तिहरुको सहयोगका लागि बैंक सदैब तयार रहेको उल्लेख गरे ।
कार्यक्रममा स्पाइनल इन्जुरी पुर्नस्थापना केन्दका अध्यक्ष प्रचण्ड श्रेष्ठले मेरुदण्ड पक्षघात भइ अपांग हुन पुगेका व्यक्तिहरु मध्ये ९५ प्रतिशत आफै हिड्डुल गर्न असक्षम भएकोबताउदै वार्षिक रुपमा आवश्यक पर्ने ३०० वटा व्हील चियर विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ सस्थावाट प्राप्त सहयोगबाट पूरा गर्ने कोसिस गरिरहेको बताउनु भयो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा