सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
पाल्पा, भदौ ३१। अभिभावक गुमाएका एकै घरका तीन दाजुभाइले रैनादेवी छहरा गाउँपालिका–४ को सहयोगमा विद्यालय गएर पढन पाएका छन् । उनीहरुलाई स्थानीय सल्लेरी प्राविमा शिशु कक्षामा भर्ना गरिएको छ ।
रैनादेवी छहरा गाउँपालिका–४ बिसानाका १० वर्षीय सुशील बिटालु, ८ वर्षीय सुसान बिटालु र ६ वर्षीय विशाल बिटालु आमाबुबाको मृत्यु भइ टुहुरो भएपछि पढ्नबाट वञ्चित थिए । वडा कार्यालयले शैक्षिक सामग्री कलम, कापी, झोला, स्कूल पोशाक सहयोग गरी विद्यालयमा भर्ना गरेको हो । उनीहरु तीनै जनाको जन्मदर्ता भएको छैन ।
पहिलो पटक विद्यालयमा अन्य साथीहरु पढ्न पाएपछि उनीहरु खुशी देखिन्छन् । उनीहरु सात भाइमध्ये तीन भाइले बुटवलमा जुत्ता सिलाउने र एउटा भारतमा मजदुरी गर्न बाध्य छन् । वडाध्यक्ष विष्णु पोखरेलले विद्यालयमा चाहिने सामग्रीदेखि खाना, कपडासमेत सहयोग गरिएको बताउनुभयो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा