सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
आइफोनको दिग्गज कम्पनी एप्पलले आफनो तिन वटा प्रिमियम स्मार्टफोन Iphone Xs, iPhone Xs Max र iPhone XR लन्च गरेको छ ।
कम्पनिले आफनो ११ औ बर्षको अवसरमा कार्यक्रमको उद्घाटनमा एप्पलका सिईओ टिम कुकले यी तीनै वटा स्मार्टफोनलाई लन्च गरेका हुन् । यी तीनै वटा स्मार्टफोनलाई कपरटीनो बेस्ट टेक्नोलोजी फर्ममा डिजाइन गरीएको छ भने तीनै वटा स्मार्टफोनको डिजाइन एउटै जस्तो छ ।
यी स्मार्टफोनको डिजाइनलाई iPhone 6, iPhone 6S, iPhone 6S Plus, iPhone 7, iPhone 7 Plus, iPhone 8 र iPhone 8 Plus जस्तै दिइएको छ । Apple iPhone XR Iphone Xs र iPhone Xs Max लाई कम्पनिले साधारण ब्यक्तिले पनि ब्यहोर्न सक्ने मुल्यमा ल्याएको छ ।
iPhone XR पनि तीन मेमोरी भेरियनट्स ६४ जिवि, १२८ जिवि र २५६ जिवि मा उपलब्ध हुनेछ । यो स्मार्टफोन ह्वाईट, ब्लू, ब्ल्याक, र कोरल रंङ मा पाइनेछ ।
आइफोन iPhone XR को मुल्य ७४९ डलर र आइफोन Iphone Xs, iPhone Xs Max को मुल्य ९९९ डलर राखिएको छ । यो स्मार्टफोन १९ अक्टोबरदेखी प्रि–अर्डर गर्न सकिनेछ ।
iPhone XR को फिचर्स
यो पटक एप्पल को सबै स्मार्टफोन्स ड्यूल सिम सपोर्ट गर्नेछ । यसको साथै यो स्मार्टफोन्स eSIM कार्डलाई पनि सपोर्ट गर्नेछ । जुन सिमकार्ड नेपालमा उपलब्ध छैन तर भारतमा उक्त सिमकार्ड रिलायन्स जियो र एयरटेलले उपलब्ध गराउछ ।
iPhone XR मा ६.१ इन्चको LCD स्क्रीन राखिएको छ जसले ब्याट्रिलाई बचाउछ । स्क्रीनका रिजोलुशन 1792×828 पिक्सल दिइएको छ ।
प्रोसेसरको कुरा गर्ने हो भने यसमा Apple A12 बायोनिक प्रोसेसर दिइएको छ । जुन न्यूरल इन्जिनमा काम गर्दछ र प्रोसेसिंङ क्यापासिटिलाई बढाउछ ।
फोनको ब्याकमा १२ मेगापिक्सलको सिंगल रियल क्यामरा f/1.8 अन्तरमा राखिएको छ । फोनको क्यामराबाट तपाई 4K भिडियो शुट गर्न सक्नुहुनेछ । सेल्फि क्यामराको कुरा गर्ने हो भने यसमा ७ मेगापिक्सलको टु डेप्थ सेल्फि क्यामरा दिइएको छ ।
फोनमा सात लेयर कलर प्रोसेस दिइएको छ । साथ ही फोनको डिजाइनको कुरा गर्ने हो भने यो एयरोस्पेस ग्रेड आल्मुनियम ब्यान्ड्स बडिबाट डिजाइन गरिएको छ । फोनले वायरलेस चार्जिङ पनि सपोर्ट गर्दछ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा