सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, भाद्र २९ । ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या काण्डका आरोपमा मुछिएका एसएसपी दिवेश लोहनी रिहा भएका छन् । गत वैशाख १९ गते पक्राउ परेर जिल्ला अदालत मोरङबाट पुर्पक्षको लागि जेल चलान भएका लोहनीलाई उच्च अदालत मोरङले साधारण तारेखमा छाडेको छ ।
उच्च अदालतका न्यायाधीश नागेन्द्रलाभ कर्ण र शरद सुबेदीको संयुक्त इजलासले लोहनीलाई थुनामुक्त गर्न आदेश दिएको हो ।
गएको जेठ ८ गते जिल्ला अदालतको आदेशलाई पुनरावलोकन गर्न माग गर्दै असार ७ गते मुलुकी ऐनको अदालती बन्दोबस्ती महलको १७ नम्बर अनुसार आफु थुनामुक्त हुन पाउँ भन्दै उच्च अदालतमा रिट दायर गरेका थिए ।
गृहमन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा गठन भएको छानबिन समितिले अनुसन्धानको क्रममा तत्कालिन महानगरीय अपराध अनुसन्धान महाशाखामा उनको कमाण्डमा रहेका डिएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेलको पनि संलग्नता देखिएपछि उनीहरुलाई पनि पक्राउ गरिएको थियो ।
साढे ३३ किलो सुन काण्ड र सनम हत्याकाण्डका २४ अभियुक्तको आज पेसी तोकिएको थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा