सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
गोरखा, भदौ २९। गोरखाको मुख्य धार्मिकस्थल मनकामना मन्दिरको पुननिर्माण सकिएको छ । २०७२ सालको भूकम्पले मन्दिरमा क्षति पुगेपछि पुन निर्माण गरिएको हो । मूल मन्दिरको संरचना पुननिर्माणको काम सकिएको मन्दिर जिर्णोद्धार समितिले जनाएको छ ।
मन्दिरको संरचना पुननिर्माणका लागि १३ करोड रुपैयाँ खर्च भएको छ । ‘सुन मात्र १८ किलो लाग्यो, त्यसकै लागि करिव दश करोड रकम खर्च भएको समितिले जनाएको छ ।
मन्दिर जिर्णोद्धारका लागि पुरातत्व बिभागबाट निकासा भएको चार करोड रकमले सात किलो सुन खरिद गरिएको थियो । मन्दिर पुननिर्माणका लागि भक्तजनबाटै करिब दश करोड रकम संकलन भएको थियो ।
तामाका पातामाथि सुनको जलप लगाएर मन्दिरको छाना सुनौलो बनाइएको छ । गजुर पनि राखिसकिएको छ । जलप लगाउन मात्रै १८ किलो सुन लागेको छ ।
दशैंसम्ममा भक्तजनले मन्दिरभित्रै पूजा गर्न पाउने छन्। अहिले मन्दिर नजिकै अस्थायी टहरा बनाएर भक्तजनलाइ पुजाआजाको व्यवस्था मिलाइएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा