सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ, भाद्र २८ । काठमाडौंको चक्रपथमा मोनोरेल निर्माणका लागि १ खर्ब १६ अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अध्ययनले देखाएको छ ।
चिनियाँ कम्पनी चाइना रेलवे कन्स्ट्रक्सन कर्पोरेसन सिआरसिसीले २७ दशमलव ५ किलोमिटर लामो मोनोरेलवे निर्माणका लागि १ खर्ब बढी लाग्ने ठहर गरेको हो ।
कम्पनीले बिहिबार काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई बुझाएको प्रतिवेदन अनुसार काठमाडौंमा मोनोरेलवे निर्माणका लागि प्राविधिक, भौगोलिक, वातावरणीय र आर्थिक रुपमा सम्भव देखिएको प्रतिबेदन बुझाएको छ ।
कुनै अवरोध नआए २७ किलोमिटर लामो रेलवे कोटेश्वर—कलंकी, कलंकी–महाराजगञ्ज र महाराजगञ्ज—कोटेश्वर गरी तीन चरणमा ३ वर्षभित्र मोनोरेलवे निर्माण गर्न सकिने चिनियाँ पक्षको प्रतिवेदनमा उल्लेख छ ।
चिनियाँ कम्पनी सिआरसीसीले ३ महिनामै प्रारम्भिक अध्ययन प्रतिवेदन तयारी पारी आज काठमाण्डौ र ललितपुर महानगरपालिका प्रमुखलाई प्रतिवेदन बुझाएको हो ।
चिनियाँ कम्पनीले आगामी ६ महिनामा विस्तृत परियोजना अध्ययन डिपीआर पनि सकिने उल्लेख गरेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा