सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, भाद्र २८ । १३ बर्षिय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टसहित तीनजनाको डिएनए परीक्षण सुरु गरेको छ ।
हाल निलम्बनमा रहेका एसपी विष्ट, उनका छोरा किरण र भीमदत्त नगरपालिका मेयर सुरेन्द्र विष्टका भतिजा आयुषको रगत लिएर डिएनए परीक्षण सुरु गरिएको प्रवक्ता शैलेश कुमार क्षेत्रीले जानकारी दिए।
गत साउन १० गते घरबाट हिँडेकी कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीकी १३ वर्षीया निर्मलाको हत्या प्रकरणमा एसएसपी विष्टसहित तीनजना शंकाको दायरामा परेपछि उनीहरुको डिएनए परीक्षण सुरु गरिएको हो ।
‘हाल निलम्बनमा रहेका कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्ट, उनका छोरा र मेयरका भतिजाको डीएनए टेस्ट प्रक्रिया अघि बढाएका छौँ’, प्रवक्ता क्षेत्रीले भने ।
प्रहरी प्रधान कार्यालयले एसपी विष्टसहित तीनजनाको डीएनए परीक्षण गराउन विधि विज्ञान प्रयोगशालामा पठाएको छ ।
‘बिहीबारै एसपी विष्ट, उनका छोरा र मेयरका भतिजाको डिएनए परीक्षणका लागि रगत झिकेर प्रयोगशाला पठाइएको छ ।
यसअघि मुख्य अभियुक्त भनेर २४ दिनसम्म हिरासमा राखिएका ४१ वर्षीय दिलीपसिंह विष्ट हत्या आरोपी भनिएका दिलिप सिंह विष्टको डिएनए परीक्षण गर्दा नमिलेपछि गएको भदौ २६ गते उनी रिहा भएका थिए।
सोही घटनामा पक्राउ परेका निर्मलाकी साथी रोशनी र उनकी दिदी बबिता बम पनि मंगलबार नै रिहा भएका थिए।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा