सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
डोटी, भाद्र २८ । सिटिजन्स बैंकले विश्व खाद्य कार्यक्रम र गुड नेभोर ईन्टरनेशनलको सहकार्यमा नगद वितरण कार्यक्रमको आयोजना गरेको छ ।
“योर पार्टनर फर प्रोग्रेस” भन्ने नारा लिएर नेपाली जनताको घरदैलोमा बैंकिंग सेवा पुर्याउदै आएको यस बैकले विशेष गरी स्थानीय बाटो निर्माण गरेवापतको कामका लागि नगद वितरण योजना अन्तर्गत उक्त नगद भुक्तानी गरेको हो ।
बैकले डोटी जिल्लाको पोखरी, सानागाँउ, लादागाडा, गाँजरी, गहिरागाँउ, खिरसेन र काडामाण्डु गा.वि.स मा नगद वितरण कार्यक्रमको आयोजना गरेको थियो भने उक्त अवसरमा ३,६३३ परिवारलाई कूलनगद रु ५१,७६,८३५ वितरण गरीएको थियो ।
बैंकले देखाएको यस अग्रसरताले स्थानीय विकास निर्माणको काममा सहयोग पुग्नुका साथै विपन्न परिवारको आर्थिक अवस्थामा सुधार आउने विश्वास व्यक्त गरेको छ ।
सिटिजन्स बैंकले देशैभरी फैलिएका आफ्ना ७९ वटा शाखा, ७२ वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव तीन लाख पचास हजार ग्राहक वर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
आफ्नो ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा ए.टि.एम.कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा