सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
तनहुँ, भदौ २८। तनहुँ निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठले आफ्नो पछिल्लो महिनाको तलब रु ५० हजार छाब्दी वाराही विकास कोषलाई हस्तान्तरण गर्नुभएको छ ।
चुनावमा आफूले विजय हासिल गरेपछि जिल्लाकै सामाजिक सङ्घसंस्थालाई तलब उपलब्ध गराउने घोषणा गरेबमोजिम उनले व्यास नगरपालिका–१४ स्थित उक्त अध्यक्ष प्रेम आलेलाई रकम हस्तान्तरण गर्दै जिल्लाको विकासका लागि आफू सधैँ तत्पर रहेको बताए ।
आफूले चुनावमा बोलेका कुरा अक्षरस कार्यान्वयन गर्दै जाने जानकारी सांसद श्रेष्ठले छाब्दी राष्ट्रकै लागि परिचित धार्मिक तीर्थस्थल भएकाले यसको गुरुयोजना बनाएर अघि बढ्नुपर्नेमा जोड दिए । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा