सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
एनआई सी एशिया बैंकले चमत्कारिक विशेषताहरु भएका दुई नयाँ कर्जा योजनाहरु “चमत्कारिक सवारी कर्जा र चमत्कारिक घर जग्गाकर्जा” सार्वजनिक गरेको छ ।
“बैक पनि, साथीपनि, राम्रो पनि, हाम्रो पनि”भन्ने मुल नाराका साथ आमजनमानसमा केन्द्रित यस बैकले कर्जा योजनाहरु ग्राहकमहानुभावहरुको आवश्यकता र सन्तुष्टीलाई ध्यानमा राख्दै सवैको लागी अझबढी सहज, सवल, गतिशिल, विश्वसनिय र उत्तरदायि बैंक बन्ने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको बताएको छ ।
चमत्कारिक सवारी कर्जा
“एनआई सी एशियाको साँच्चै चमत्कार अब गर्नुहोस्आफ्नो सपना साकार” भन्ने नाराका साथ चमत्कारिक सवारी कर्जा सार्वजनिक गरेको छ । यस योजनाबाट नयाँ गाडी लिन वा पुरानो सवारी साधन साट्न चाहने सम्पूर्ण ग्राहक महानुभावहरुले समेत चमत्कारिक लाभ उढाउन सक्नुहुनेछ ।
यस्ता छन् चमत्कारिक सवारी कर्जाका आर्कषक विशेषताहरु :
१.तुरुन्तै कर्जा स्वीकृति हुने ।
२. अधिकतम १५ बर्षसम्मको कर्जा भुक्तानीअवधि ।
३. अतिन्यून मासिक किस्ता रकम (सवारीको मुल्यअनुसार मासिक रु ११,००० बाट नै किस्ता रकम सुरु हुने ) ।
४. आंशिकअथवा पूर्ण रुपमा बिना कुनै शुल्क पूर्व भुक्तानी गरी आफ्नो इच्छा अनुसार मासिककिस्ता र भुक्तानीअवधि परिवर्तन गर्न सकिने ।
५.मासिक ब्याजदर ०.९% मात्र ।
६. प्रशासनिक सेवा शुल्कमा विशेष छुट ।
७. घर जग्गार सवारी दुवै कर्जा लिने ग्राहकहरुलाई विशेष छुटको ब्यवस्था ।
चमत्कारिक घर जग्गा कर्जा
“एनआई सी एशियाको साँच्चै चमत्कार, अब गर्नुहोस् आफ्नोसपना साकार” भन्ने नाराका साथएनआई सी एशिया बैंक ले चमत्कारिक घर जग्गाकर्जा सार्वजनिक गरेको छ ।
यस्ता छन् चमत्कारिक घर जग्गाकर्जाकाआकर्षक विशेषताहरु :
१.आफ्नो आम्दानीअनुसार आफै मासीक किस्ता निर्धारण गर्न सकिने ।
२. अधिकतम५० वर्षसम्मको कर्जा भुक्तानीअवधि ।
३. आंशिक अथवा पूर्ण रुपमा विना कुनै शुल्क पूर्व भुक्तानी गरी आफ्नो इच्छा अनुसार मासिक किस्ता र भुक्तानी अवधि कायम गर्न सकिने ।
४. कर्जा रकम घटाई नयाँ किस्तार भुक्तानीअवधि कायम गर्न सकिने ।
५. मासिकब्याजदर ०.९%मात्र ।
६. प्रशासनिक सेवा शुल्कमा विशेष छुट ।
७. आधार दरमा भएको परिवर्तन अनुसार मात्र ब्याजदर परिमार्जन हुने ।
दुवै चमत्कारिक कर्जा योजनाहरुबैंकको आफ्नो मुलुकभरी रहेको २४४ वटै शाखा कार्यालयहरुबाट ग्राहकले आफुले चाहेको गाडी तथा घरजग्गा बिना झन्झट, न्यूनतम ब्याजदर तथा न्युनतम किस्ता रकममा उपलब्ध गराउने छ । साथै ग्राहकहरुको क्रयशक्ति अझ मजबुत बनाई गाडी चढ्ने तथा आफ्नो निजीघरमा बस्ने सपना यस योजनाले सजिलै पुरा गर्ने विश्वास बैकले लिएको जनाएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा