सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, भदौ २७। साफ च्याम्पियनसीपअन्तर्गतको सेमिफाइलनमा नेपाल माल्दिभ्ससँग ३–० गोलले पराजित भएको छ ।
पच्चीस वर्षे साफ च्याम्पियनसीपको इतिहासमा सेमिफाइनलमा जित हासिल गरेर इतिहास रच्ने दाउमा रहेको नेपालको सपना चकनाचुर भएको छ । पाँचौ पटक सेमिफाइनल खेलेको नेपाली टोलीका लागि माल्दिभ्स बलियो प्रतिद्वन्द्वी सावित भयो । यसअघि सन् १९९३, सन् १९९९, सन् १९९५, सन् २०११ मा नेपाल सेमिफाइनलसम्म पुगेको थियो ।
माल्दिम्सका लागि खेलको ८ अौं मिनेटमा अक्रम अब्दुल घानीले गोल गर्दै शुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफ १–० ले पछि परेको नेपाल दोस्रो हाफमा पनि खासै जम्न सकेन । खेलमा ८४अौं र ८६अौं मिनेटमा इब्राइम वाहिद हसनले माल्दिभ्सका लागि लगातार दुर्इ गोल गरेपछि नेपाल ३–० ले पराजित भएको हो।
समूह चरणमा दुई खेल खेलेको माल्दिभ्स एकमा पराजित र एकमा बराबरी गर्दै सेमिफाइनल पुगेको हो । पहिलो सेमिफाइनलमा प्रतिस्पर्धाका लागि मैदान उत्रदै गर्दा दुवै टोलीको लक्ष्य फाइनल पुग्नु थियो । नेपालको भने एक खेलमा पराजित र दुई खेलमा विजयी हुँदै सेमिफाइल पुगेको हो । नेपालले साफ च्याम्पियनसीपमा माल्दिभ्सलाई अहिलेसम्म पराजित भने गर्न सकेको छैन । साफ च्याम्पियनसीपमा नेपाल र माल्दिभ्स अहिलेसम्म छ पटक खेलेका छन् । जसमा चार खेल माल्दिभ्सले जितेको छ भने दुई खेल बराबरीमा सकिएको थियो । नेपालले साफमा माल्दिभ्सविरुद्ध सात गोल गर्दा १४ गोल खाएको छ ।
साफ च्याम्पियसीपको सन् २००९ र २०११ को संस्करणमा बराबरी गर्न सफल नेपाल त्यसअघि भएका संस्करणमा भने पराजित भएको थियो ।
नेपालले ढाकामा मात्र माल्दिभ्सविरुद्ध पाँच खेल खेलेको छ । जसमा यो खेलसँगै नेपालले एक जित, दुईमा बराबरी र दुईमा हार बेहोरेको छ । माल्दिभ्सविरुद्ध नेपालका पूर्व स्ट्राइकर हरि खड्काले सर्वाधिक चार गोल गरेका छन् । यस्तै नवयुग श्रेष्ठको नाममा तीन गोल छ । नेपालले माल्दिभ्ससँग खेलेको पछिल्लो खेल सन् २०१६ को बङ्गबन्धु गोल्डकप हो । उक्त खेलमा नेपालले माल्दिभ्सलाई ४–१ ले हराएको थियो ।
बुधबारै साँझ हुने दोस्रो सेमिफाइनलमा भारत र पाकिस्तान प्रतिष्पर्धा गर्देछन्। अब फाइनलमा दोस्रो सेमिफाइनलको विजेतासँग माल्दिभ्स भिड्नेछ ।
नेपाल र पाकिस्तान भने अहिलेसम्म सेमिफाइनलभन्दा माथि पुग्न सकेका छैनन् । पाकिस्तान १३ वर्षपछि तथा नेपाल पाँच वर्षपछि अन्तिम चारमा पुगेका हुन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा