सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
साफ च्याम्पियनसिप अन्तर्गत माल्दिभ्ससँगको सेमिफाइनल खेलमा नेपाल पहिलो हाफमा १–० गोलले पछि परेको छ। बंगलादेशस्थित बंगबन्धु रंगशालामा जारी खेलको पहिलो हाफको नवौं मिनेटमा माल्दिभ्सले खेलमा फ्रीकिकबाट अग्रता बनाएको हो।
खेलको २८ औं मिनेट चलिरहँदा हावाहुरीसँगै ठुलो वर्षा भएपछि केहि समय खेल स्थगीत गरिएको थियो। खेल पुनः सुचारु भएपछि नेपालले आक्रामक खेल प्रस्तुत गरेपनि पहिलो हाफको अन्त्य सम्ममा भने बराबरी गोल फर्काउन सकेन।
पहिलाे पटक साफ च्याम्पियनसिपकाे फाइनलमा स्थान बनाउने लक्ष्यका साथ नेपाली फुटबल टाेली मैदान उत्रेकाे छ। अाजै हुने दाेश्राे सेमिफाइनलमा भारत र पाकिस्तानबीच खेल हुनेछ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा