सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
“काठमाडौं”
बुझि सक्नु कहाँ छ र पारा काठमाडौको
पानी होइन हावा दिने धारा काठमाडौंको
घर भन्दा मान्छे धेरै मान्छे भन्दा गाडी
कमाइ भन्दा महँगो छ भाडा काठमाडौंको
बागमति बिष्णुमति फोहरको थुप्रो
यहि फोहोरमा उदाउछ तारा काठमाडौंको
सुबिधाको चुम्बकले मान्छेहरु तान्ने
अजिब छ देखाउने दारा काठमाडौंको
हरेक ठाउ हरेक काममा राजनीतिको गन्ध
हाम्रो माग पूरा गर नारा काठमाडौंको
देश बिकाश शान्ति अनि अड्किएको जीवन
मर्का सब लाइ दोष भने सारा काठमाडौंको।।
– देवकी धामी : बैतडी
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा