सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौ, भदौ २६। नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक मंगलबार ६.७७ अंकले बढेर १२ सय १७.६५ अंकमा पुगेको छ। आज कुल कारोबार पनि सोमबारको तुलनमा वृद्धि भएको देखिएको छ।
आज १६७ कम्पनीका १० लाख ९७ हजार ९११ कित्ता शेयरहरु किनबेच भएर ३३ करोड ३२ हजार ७६३ रुपैयाँको कारोबार भएको छ। सोमबार परिसूचक ८.१ विन्दुले घटेको थियो भने २७ करोड ७४ लाख २२ हजार रुपैयाँको कारोबार भएको थियो।
समूहगतकारोबार हेर्दा ११ मध्ये २ समूहमात्र घटेको देखिएको छ। नीर्जिवन विमा समूह ६८.२८ अंकले घटेको छ। उता बढ्नेमा सबैभन्दा धेरै होटल समूह ४९.४८ अंकले बढेको छ भने जीवन बिमा १८.६३अंकले बढेको छ। बैंकिङ समूह ७.२३ अंकले बढेको छ।
आजको कारोबारमा सबैभन्दा धेरै एनआईसी एसिया बैंकको २ करोड ७४ लाख, कुमारी बैंकको २ करोड २८लाख रुपैयाँको सेयर खरिद विक्री भएका नेपाल स्टक एक्सचेन्जले जनाएको छ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा