सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
अमेरीकाको क्यालिफोर्नियामा बस्ने एक जोडीले ४०० फिट गहिरो खाडलमा जाल विछ्याएर विवाह गरेका छन् । उनीहरु आफनो विवाहलाई अविस्मरणिय बनाउनको लागी खाडलमा गएर विवाह गरेको बताएका छन् । यसको लागी उनीहरुले युटा को मोआव नामको खाडललाई चुनेका थिए । खाडलको माथि स्पेस जाली लगाएर उनीहरुले विवाहका सबै विधिहरु पुरा गरेका हुन् । आफनो अनौठा विवाहको तस्विर उनीहरुले फेसबुकमा शेयर गरेका छन् ।
प्रोफेशनल स्लाकनर (डोरीमा हिडेर जादु देखाउने ) मा काम गर्ने यि दम्पति ब्यवसायीक रुपमा चुनौतीपुर्ण कामको शौकिन छन् । यसकारण उनीहरुले आफनो विवाहको लागी पनि यस्तो खतरनाक ठाउँ चुने । बेहुलीले आफनो विवाहको तस्विरहरु र भिडियो शेयर गरीन जसको केही समयमा नै भाइरल पनि भयो ।
बेहुलीको नाम किमबर्ली वेग्लिन हो, उनी आफनो विवाहलाई अविस्मरणिय बनाउन चाहन्थीन । उनको यही सपनालाई पुरा गरे उनका श्रीमान रायन ज्याक्सले । यो भन्दा पहिला पनि जर्जियाका अटलान्टामा एक जोडीले पानी भित्र चारैतिरबाट शार्कले घेरीएर विवाह गरेका थिए ।
खाल्डो माथि जाली विछ्याएर गरीएको विवाहको सबै विधि पनि हावामा नै भयो । कन्याहरुले प्याराशुटबाट जोडिमाथि फुल बर्षाएका थिए । यही तरिकाले यो जोडिको रिसेप्शन पनि अनौठा एक विशाल मरुभुमिमा आयोजना गरे । विवाहको समय पाहुनाहरुको पनि राम्रो सुरक्षा ब्यवस्था गरिएको थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा