सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
मेलम्ची, भदौँ २४ । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका – ११ सालबिसौनाको भैरवीदेवी आधारभूत विद्यालय विद्यार्थी अभावमा बन्द हुने अवस्थामा पुगेको छ । यस विद्यालयमा जम्मा पाँच विद्यार्थी मात्र नियमित आउँछन् । चार शिक्षक भए पनि नियमित हुँदैनन् । गोरखा भूकम्पले विद्यालय भवन भत्काएपछि अहिलेसम्म पनि राम्रोसँग पठनपाठन हुन नसकेको स्थानीयले बताएका छन् ।
स्थानीय प्रेमबहादुर तामाङको दुई कोठे घर भाडामा लिएर अस्थायीरुपमा पढाइ सञ्चालन गर्न लागे पनि विद्यालय व्यवस्थापन समिति, स्थानीयवासी र शिक्षकको बेवास्ताका कारण विद्यालय बन्द हुने अवस्थामा पुगेको बताइएको छ । शिक्षक तथा विद्यार्थी विद्यालयमा आए नआएको दैनिक हाजिरी अभिलेख पनि छैन ।
प्रधानाध्यापक कमला जोशी विद्यालय व्यवस्थापन समितिको बेवास्ताका कारण विद्यालय यो अवस्थामा पुगेको बताउनुहुन्छ । स्रोत व्यक्ति भीम कार्की मेलम्ची नगरभित्र अरु सात विद्यालयको अवस्था पनि यस्तै रहेकोले कसरी अगाडि बढ्ने सोच्नुपर्ने बताउनुहुन्छ ।
व्यवस्थापन समितिका अध्यक्ष दिनेश घलेले आफूहरु विद्यार्थी सङ्ख्या बढाउन लागिरहेको तथा बैठक बसेर यसबारेमा निर्णय लिइने बताउनुभयो । शिक्षा विकास तथा समन्वय एकाइबाट भवन निर्माण गर्न बजेट आएपनि अहिलेसम्म भवन निर्माणको अत्तोपत्तो छैन ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा