सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, भदौ २२। फिल्म ‘रामकहानी’ र ‘रोज’ आज शुक्रबारबाट प्रदर्शनमा आएका छन् । यी दुर्इ फिल्मका स्टारका कारण पनि यी चलचित्रलार्इ प्रतिक्षारत चलचित्रका रूपमा हेरिएकाे थियाे ।
यसअघि लभ स्टोरी फिल्म बनाउँदै आएका सुदर्शन थापा निर्देशत रामकहानी कमेडी जनरामा बनेको छ । अभिनेत्री पूजा शर्मासँगै निर्देशक थापाको पनि लगानीमा निर्मित फिल्ममा पूजाका अलावा आकाश श्रेष्ठ, केदार घिमिरे, जितु नेपाल, विल्सनविक्रम राई, रवीन्द्र झा, राजाराम पौडेल, शिशिर राना, विशाल पहारी, सुनिता श्रेष्ठ ठाकुर र सोभित बस्नेतको अभिनय छ।
यता युवा स्टार प्रदीप खड्का ‘रोज’ मार्फत दर्शकमाझ भिन्न भूमिकामा आएका छन् । निरक पौडेल निर्देशित यस फिल्ममा प्रदीपसँगै पारमिता राज्यलक्ष्मी राणा र मिरुना मगर मुख्य भूमिकामा देखिएका छन् ।
एकसाथ प्रदर्शनमा आएका ‘रामकहानी’ र ‘रोज’ मध्ये व्यापारिक रुपमा कुन अगाडी जाला ? दर्शककाे साथ कुन चलचित्रलार्इ बढी मिल्ला ? बुझिए अनुसार दुबै चलचित्र टिम अाफ्ना चलतचित्रलार्इ लिएर दर्शककाे हलमा भिड लाग्नेमा विश्वस्त देखिन्छन् ।
रामकहानी ट्रेलर :
रोज ट्रेलर :
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा