सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, भदौँ २१ । कमेडी संवादले भरिएको चलचित्र ‘जय भोले’ काे ट्रेलर सार्वजनिक भएको छ ।ट्रेलरमा प्रेम, द्वन्द्व, हाँसो, रोदन सबै कुरालाई समेट्ने प्रयास गरिएको छ । यो फिल्मको निर्देशन अशोक शर्माले गरेका हुन् । फिल्ममा किरण शर्मा, कृति शर्मा र अंकित शर्माको लगानी छ । पुरुषोत्तम प्रधानको छायांकन, खगेन्द्र लामिछानेको कथा, वन नेपाल स्टन्ट टिमको एक्सन, राजनराज सिवाकोटीको संगीत रहेको फिल्ममा बसन्त श्रेष्ठको कोरियोग्राफी रहेको छ ।
फिल्मको ट्रेलरमा नायिका स्वस्तिमाका लागि मरिहत्ते गर्ने खगेन्द्र र सलोनको कथालाई देखाइएको छ । यस फिल्मको कथा अभिनेता खगेन्द्र लामिछानेले लेखेका हुन् । मुख्य कलाकार खगेन्द्र लामिछानेका साथमा सौगात मल्ल, सलोन बस्नेत, स्वस्तिमा खड्का, वुद्दि तामाङ, राजाराम पौडेल, लक्ष्मी गिरी, बसुन्धरा भुषाल लगायतका कलाकारहरुको अभिनय छ ।
यो फिल्म दशैमा रिलिज हुने बताइएको छ ।
ट्रेलर हेर्नुहोस् :-
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा