सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
पैसाको अभावमा यदि तपाई आफनो परिवारसँग विवादमा परिरहनुहुन्छ जसको कारण तपाईको आफनो सम्बन्धमा दरार उत्पन्न हुन लागेको छ भने तपाई आफनो भाग्य बदल्न सक्नुहुन्छ । कृष्ण जन्माष्टमीको रात लक्ष्मी–कृष्णसँग जोडिएको ५ उपाय गर्नाले तपाईलार्इं पैसा अभावबाट हुने तनावबाट मुक्ति मिल्न सक्छ । यसको साथै भगवान कृष्णको आर्शिवादले तपाईको उन्नती प्रगतीको कैयौ ढोका पनि खुल्न सक्छ ।
आउनुहोस जान्नुहोस के हो त्यसको उपाय :
शंख
कृष्ण जन्माष्टमीको दिन प्रभु श्रीकृष्णको कपालको अभिषेक एउटा शंखमा दुध चढाएर गनुहोस् । अभिषेक पछि माता लक्ष्मीको पुजा गनु पर्दछ । यस्तो गर्नाले भगवान कृष्ण र माता लक्ष्मीको कृपाले तपाईको अर्थिक अवस्था एकदम राम्रो हुन्छ ।
फलफुल तथा अन्न
यदि तपाई आफनो ब्रत सफल भएको हेर्न चाहनुहुन्छ भने जन्माष्टमीको दिन गरीबलाई फलफुल तथा अन्न दान गनुहोस् । यो दिन दान गनु धेरै नै फलदायी हुन्छ ।
तुलसी
भगवान कृष्णले तुलसीलाई धेरै प्रिय मान्छन् । भोग लागेको समय कृष्णलाई तुलसी अर्पित गर्न कहिलेपनि नभुल्नुहोस् । यसको साथै कृष्ण जन्माष्टमीको बेलुका तुलसीको पुजा गर्दा तुलसीलाई रातो सल ओढाएर त्यस नजिकै दिप जलाउनुहोस् । दीप जलाएपछि तुलसीको बोट नजिक माला लिएर “ॐ वासुदेवाय नम.” को जप दुई पटक पुरै माला फेरो लगाएर गनुहोस् । यस्तो गर्दा तपाईको आर्थिक तनाव कम हुन्छ ।
मखन मिश्री
हरेकलाई थाहा छ कि भगवान श्रीकृष्णलाई मखन कति मन पर्छ भनेर । यो दिन मखन मिश्री चढाउनाले कृष्ण धेरै प्रसन्न हुन्छन् ।
पहेलो फल तगा बस्त्र
पीताम्बर कृष्णले धेरै रुचाउछन्, पहेलो रंगको बस्त्र र फल प्रसादको रुपमा कृष्णलाई अर्पित गर्दा धन–सम्पतिको प्राप्ती हुन्छ र भगवान कृष्ण प्रसन्न हुन्छन् ।
मयूरको प्वाख
मयूरको प्वांखलाई भगवान श्रीकृष्णको मुकुटमा अवश्य लगाउनुहोस्, यसले कृष्ण जिको विशेष कृपा तपाईलाई प्राप्त हुनेछ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा