सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चीनका एक ब्यक्तिले आफनो बच्चाबेला देखेको सपना अधबैशै अवस्थामा पुरा गरेका छन् । उनले उड्ने स्कुटरको सपना देखेका थिए र अन्तिममा उनले फ्लाइङ स्कुटर तयार गरेका छन् । होममेड यो स्कुटरको भिडियो पनि सोशल मिडियामा भाइरल भइरहेको छ ।
चीनको गुआंडोंग प्रान्तका डोंगुआन शहरमा ज्हाओ डेली नामको ब्यक्तिल एउटा फ्लाइङ स्कुटर तयार पारेका छन् । डेलीले यो विश्वको पहलिो फ्लाइङ (उड्ने) स्कुर भएको दावी समेत गरेका छन । अहिले उनी ४० बर्षको उमेरमा आएर उनलाई यो सफलता मिलेको हो र उनी आफनो फ्लाइङ स्कुटर बनाउन सफल भएका छन् ।
डेलीका अनुसार उनलाई आफनो सपना साकार बनाउनको लागी स्कुटर बनाउन मात्र २ बर्ष लागेको र यो दौरान उनी १५५९ पटक असफल समेत भएको बताएका छन् । उनले भने “हरेक हारसँग केही न केही सिके, स्कुटर बनाउनको लागी मैले आफनो घर पनि बेच्नु पर्यो र साथीहरुसँग उधारो पनि लिनु पर्यो” ।
उड्ने स्कुटर बनाउनमा सफल पछि उनले अब अगिल्लो बर्षदेखी यसको प्रोडक्शन शुरु गर्ने योजना बनाइरहेको बताएका छन् । यसको मुल्य ५ लाख देखी ८ लाख सम्म हुने सम्भावना रहेको बताएका छन् । यो भन्दा पहिला ज्हाओले पेट्रोलबाट चल्ने ड्रोन पनि बनाइसकेका छन् ।
उनले आफनो यो उड्ने स्कुटरको भिडियो सोशल मिडियामा पोस्ट पनि गरेका छन् र यसलाई धेरैले मन पनि पराएका छन् । यो भिडियोमा जो ब्यक्तिले स्कुटर उडाइरहेका छन् उनी नै हुन ज्हाओ । ज्हाओ सानोबेला स्कुटरमा आफुलाई उडेका देख्थे त्यसैले उनले यो स्कुटरमा पछाडि एकजना अट्ने सिट पनि बनाएका छन् ।
यो फ्लाईङ स्कुटर २५६ किलोग्रामको छ र यसको रफ्तार ७५ किलोमिटर प्रति घण्टामा उड्नेछ । यसको ब्याट्री एक पटक चार्ज भएपछि ३० मिनेटसम्म काम गर्दछ । उनले यसको नाम “जिन डोउ यून” राखेका छन् जसको मतलब हो एउटा बादल जिसलाई चीनीया सुपरहीरो “मंकी राजा” चलाउछन् । रिपोर्ट अनुसार उनले उक्त स्कुटरको टेस्ट फ्लाइट १ हजार पटक गरीसकेपछि मात्र दुनिया सामु सार्वजनिक गरेको बताइएको छ ।
भिडियो हेनुहोस् :
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा