सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ, भाद्र ४ । एनआई सी एशिया बैंक र प्राइम लाईफ इन्स्योरेन्स विच बैंकास्योरेन्स सम्झौता भएको छ । सम्झौताअनुसार अब यस बैंकका ग्राहक महानुभावहरुले मुलुकभर फैलिएका बैंकको २३७ वटै शाखाहरुबाट सहज रुपमा प्राइम लाईफइन्स्योरेन्स कम्पनीको जीवन बीमा पोलिसीहरु खरिद गर्न सक्ने छन् ।
उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका का.मु.प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराईले हस्ताक्षर गरे ।
सहमतिसंगै बैङ्कका ग्राहकले प्राइम लाइफ ईन्स्योरेन्सले प्रदान गर्ने जिवन बीमा सेवा बैङ्कका सबै शाखाबाट लिन सक्ने बताईएको छ ।
हाल बैङ्कले देशभर २ सय ३७ शाखा, २ सय ३० एटीएम काउण्टर, १४ एक्सटेन्शन काउण्टर तथा १७ शाखारहित बैङ्किङ एकाई मार्फत वित्तीय सेवा दिँदै आएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा