सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
स्पेनिश लीगमा बार्सिलोनाले अलावेसलाई ३–० ले हराउदै आफनो नयाँ सत्रको अभियानको शानदार शुरुवात गरे, जहाँ स्टार स्ट्राइकर लियोन मेसीले दुई गोल गरे । यही दौरान मेसीले बार्सिलोनाको लागी इतिहासको ६००० औ गोल पनि गरे ।
खेलको ६४ औ मिनेटमा मेसीले उत्कृष्ट फ्रि किकमा गोल गर्दे बार्सिलोनालाई शुरुवाती अग्रता दिलाए । अवावेसको डि वक्स वाहिर बार्सिलोनाले एउटा फ्रि किक पायो जसलाई मेसीले प्रहार गरे उक्त बललाई बचाउन अलावेसको खेलाडीहरुले छलाङ लगाए तर मेसीले बललाई उनीहरुको खुट्टामुनिबाट निकाल्दै शानदार गोलमा परिणत गरे । यसपछि इन्जुरी समयमा पनि मेसीले एक गोल गरे, तर यो भन्दा पहिला ८३ औ मिनेटमा फिलिप कौटिन्होले बार्सिलोनाको अग्रता दोब्बर बनाए ।
यता ला लीगाको अन्य प्रतिस्पर्धामा रीयल सोसिएदादले विलारियललाई २–१ ले हरायो, जबकी सोल्टा विगो र स्पानियोलको प्रतिस्पर्धामा १–१ को बराबरीमा रोकियो ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा