सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, भाद्र ३ । सरकारी स्वामित्वको नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाएको छ ।
आइतबार राति १२ बजेदेखि लागू हुने निगमले पेट्रोल एक लिटरका एक रुपैयाँ, डिजेल र मट्टितेलमा दुई रुपैयाँ हवाई इन्धन आन्तरिकमा चार रुपैयाँ ५० पैसा तथा हवाई इन्धन बाह्य प्रति हजार लिटरमा ५० अमेरिकी डलर मूल्य वृद्धि गरेको छ ।
नयाँ मूल्य अनुसार अब पेट्रोल एक लिटरका लागि १११ रुपैयाँ तिर्नुपर्नेछ । यसअघि पेट्रोल लिटरको ११० थियो । डिजेल र मट्टितेलको भाउ लिटरको ९५ रुपैयाँ र आन्तरिक हवाई इन्धन १०४ रुपैयाँ ५० पैसा पुर्याइएको छ ।
त्यसैगरी बाह्य हवाई इन्धनको भाउ हजार लिटरको १०७५ अमेरिकी डलरबाट बढाएर ११२५ डलर पुर्याइएको निगमले एक विज्ञप्तिमार्फत जानकारी गराएको छ । निगमले स्वचालित मूल्य प्रणाली अनुसार अचेल हरेक १५ दिनमा इन्धनको मूल्य समायोजन गर्ने गरेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा