सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ, भाद्र ३ । नेपालको ईन्टरनेट सेवा प्रदायक कम्पनि वर्ल्डलिंकले नेटवर्क प्रणाली जुनिपरलाई रोजेको छ । आज काठमाण्डौमा आयोजित एक कार्यक्रमका विच नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक कम्पनिको रुपमा स्थापित वर्ल्डलिंकले निर्माण गरेको नेटवर्किङमा दिनानुदिन बढ्दो उपभोक्ताहरुको कारण नेटवर्किङ समस्या समाधानको लागी जुनिपरको उच्च कार्यक्षमतायुक्त नेटवर्किङ प्रणाली रोजेको बताइएको हो ।
जुनिपर नेटवर्कसँगको साझेदारी पछि वर्ल्डलिंकले आफनो नेटवर्क पुर्वाधारलाई उच्च क्षमतायुक्त १०० जिविइपिएस ईथरनेट नेटवर्कमा रुपान्तरण भएको छ । यसले भविष्यमा थपिने ग्राहक संख्यालाई सजिलै धान्ने र ईन्टरनेट स्पिडमा कुनै पनि समस्या नआउने कम्पनिले जनाएको छ ।
वर्ल्डलिंकले एम एक्स ९६० लाई १०० जिविइपिएस ईथरनेट नेटवर्क कोर र एम एक्स ४८० लाई ईन्टरनेट गेटवे एवं एमपिएलएस राउटर ( १०० र १० जिविइपिएस ईथरनेट मोडल) प्रमुख स्थानहरुमा जडान गरी प्रयोगमा ल्याएको छ ।
यसको अतिरिक्त एमएक्स ४८० एमएक्स २४० र एमएक्स १०४ राउटर पनि प्रयोगमा ल्याएको छ ।
उक्त अवसरमा वर्ल्डलिंकका प्रमुख प्राविधिक अधिकृत समित जनाले भने “जुनिपर नेटवर्कसँगको हाम्रो साझेदारीले नेपाल जस्तो विकासोन्मुख देशमा स्थिर ब्रोडब्याण्डको विस्तार गर्नमा महत्वपुर्ण भुमिका निर्वाह गर्नेछ । जुनिपरको उच्च कार्यक्षमताका प्रविधिहरुका साथै यसले विक्रि पश्चात प्रदान गर्ने सेवा ब्यवस्थापनको कारण वर्ल्डलिंक स्थायी र सुरक्षीत नेटवर्क सेवा निरन्तर उपलब्ध गराउन तथा सुलभ दरमा बढ्दो इन्टरनेट सञ्जाललाई सबैको पहुँचमा पुर्याउन सक्षम हुने विश्वास हामिले लिएका छौ “।
जुनिपर नेटवर्कसँग भारत र सार्क प्रवन्ध निर्देशक दिनेश वर्माले भने “नेपाली बजारमा सन २०१२ मा हामीले प्रवेश गरेदेखी नै वर्ल्डलिंकले इन्टरनेट सेवा प्रदायक र सुचना प्रविधिको क्षेत्रमा गरेको उल्लेखनिय विकासलाई नियालेका छौ । वर्ल्डलिंकले प्राप्त गरेको सफलतामा हामिले पनि भुमिका निर्वाह गर्न पाएकोमा हामी गौरवन्वीत छौ” ।
नेपालमा पनि कनेक्टिभिटिको विकास द्रुत गतिमा भइरहेको छ । सरकारको एक अध्ययन प्रतिवेदन अनुसार ईन्टरनेट बृद्धिको आंकडा सन २०११ मा १० प्रतिशत थियो भने हाल मोविलिटिसहित यो आकडा करिब ५० प्रतिशतको हाराहारीमा पुगेको छ जसमा स्थिर ब्रोडब्याण्डतर्फ करिब १२ प्रतिशत रहेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा