सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ, भाद्र ३ । यूभेन्ट्सले इटालियन क्लब फुटबल प्रतियोगिता सिरी ए अन्तर्गत किएभो भेरेनालाई ३–२ ले पराजित गर्दै विजयी सुरुवात गरेको छ। शनिवार राति भएको खेलमा यूभेन्ट्सको लागी सामी खेदिरा, लिओनार्दो बोनुची र फेड्रिकोले समान १/१ गोल गरे ।
युभेन्टसका लागि सामी खेदिराले खेल सुरु भएको तेस्रो मिनेटमै गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। त्यसपछि खेलको ३८ औँ मिनेटमा किएभोका लागि स्टेपिन्स्कीले गोल गर्दे खेल बराबरी फर्काएका थिए।
दोस्रो हाफको ५६औं मिनेटमा पाएको पेनाल्टीमा गोल गर्दै इम्मानुएल जियाचेरिनीले भेरोनाको अग्रता बढाएका हुन्। तर खेलको ७५ औं मिनेटमा युभेन्टसका लागि लिओनार्दो बोनुचीले गोल गर्दै खेललाई २–२ को बराबरीमा ल्याएका थिए।
निर्धारित समयको खेल २–२ को बराबरीमा रोकिएको अवस्थामा खेलको इञ्जुरी समय फेडेरिको बर्नाडेचीले गोल गर्दा सीरि ए मा यूभेन्ट्सले विजयी सुरुवात दिलाएका थिए ।
खेलको अन्त्यतिर रोनाल्डोले गरेको प्रहारलाई भिडियो एसिस्टेन्ट रेफ्रिले गोल नभएको बताएपछि उद्घाटन खेलमा रोनाल्डो रित्तो हात रहे।
यसै सिजनमा पूर्व रियल म्याड्रिडका स्टार रोनाल्डो ९९ मिलियन पाउन्डमा यूभेन्ट्स आवद्ध भएपछि शनिबार उनले पहिलो डेब्यु खेल खेलेका थिए।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा