सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
इमरान खानले आज पाकिस्तानको नयाँ प्रधानमन्त्रिको रुपमा पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । क्रिकेट छोडेर राजनितिमा प्रवेश गरेका खान पछिल्लो २२ बर्षदेखी राजनितिमा सक्रियताका साथ लागेका थिए ।
पाकिस्तानको राष्ट्रपति भवन, एवान–ए–सद्र मा आयोजित एक साधारण समारोहमा पाकिस्तान तहरीक–ए–इंसाफ (पीटीआई) प्रमुख ६५ बर्षिय खानलाई राष्ट्रपति ममनून हुसेनले पदको सपथ दिलाएका थिए । समारोह शुरुआत राष्ट्रीय गानबाट शुरु भयो र पछि कुरान पनि पढियो ।
कालो रंगको शेरवानी लगाएका खान केही नर्भस देखिन्थे भने शपथ पढ्दा उर्दु शब्दलाई उच्चारण गर्दा अड्किएका थिए । इमरानले शपथको समय उर्दु को केही शब्द बोल्नमा अफ्ठेरो पर्यो । उनी पाँच पटक अड्किए ।
१९९२ मा क्रिकेटको विश्वकपमा पाकिस्तानलाई जित दिलाएका कप्तान खानले आफनो शपथ ग्रहण समारोहमा पुराना आफना क्रिकेटर साथीहरुलाई पनि बोलाएका थिए ।
सेना प्रमुख जनरल कमर जावेद बाजवा, पुर्व क्रिकेटर नवजोत सिंह सिद्धु, क्रिकेटर रमीज राजा, पुर्व तेज बलर वसीम कमरम सहित अन्य कैयौ विशिष्ट अतिथि समारोहमा उपस्थित थिए ।
अक्सफोर्डमा पढेका पश्तुत खानले हिजो आफनो एकमात्र प्रतिद्धन्द्धि पाकिस्तान मुस्लिम लीग–नवाजको प्रमुख शाहबाज शरीफलाई नेशनल एसेम्बलीमा भएको एकतर्फि चुनावमा हराउदै प्रधानमन्त्रि पदको लागी जीत हासिल गरेका थिए । ३४२ सदस्यीय नेशनल एसेम्बलीमा सरकार बनाउनको लागी पार्टीैलाई १७२ मतको आवश्यकता थियो । हिजो भएको चुनावमा खानले १७६ भोट प्राप्त गरे जवकि शरीफले ९६ भोट प्राप्त गरेका थिए ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा