सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
बैतडी, भाद्र २ । बैतडीको दोगडाकेदार गाउँपालिकाले चालु आर्थिक वर्षदेखि विद्यालय उमेर समूहका टुहुरा बालबालिकालाई मासिक रु दुई हजार भत्ता दिने भएको छ ।
टुहुरा बालबालिकालाई पढाइमा आर्थिक अभाव नहोस् भनेर मासिक रु दुई हजार भत्ता दिन लागिएकोे गाउँपालिकाका उपाध्यक्ष पार्वती कार्कीले बताइन् । उनले भनिन्, “टुहुरा बालबालिकाले आमाबुबा गुमाएको महसुस नगरुन र उनीहरुको पढाइमा कुनै पनि किसिमको समस्या नहोस भनेर भत्ता दिन लागेका हौं”
टुहुरा बालबालिकालाई दिइने भत्ताले बालबिवाह न्यूनीकरणमासमेत टेवा पुग्ने उपाध्यक्ष कार्कीले बताइन् ।
गाउँपालिकाले टुहुरा बालबालिकाको तथ्याङ्क संकलन गरिरहेको जनाएको छ । १८ वर्षमुनिका आमाबुबा गुमाएका टुहुरा बालबालिकालाई भत्ता दिनका लागि तथ्याङ्क सङ्कलन गर्न थालिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकामा रहेका सबै आठवटै वडाका वडा अध्यक्षलाई टुहुरा बालबालिकाको तथ्याङ्क सङ्कलन गर्न गाउँपालिकाले निर्देशन दिइसकेको गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले बताए । टुहुरा बालबालिकाको भत्ताका लागि गाउँपालिकाले महिला तथा बालबालिकाको रकमबाट रु दुई लाख ४० हजार रकम छुट्याएको जनाएको छ । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा