सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ, भाद्र १ । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड छुटे लगत्तै प्रहरीले फेरि पक्राउ गरेको छ।
उनलाई सर्वोच्च अदालत परिसरबाटै फेरि पक्राउ गरिएको हो। प्रहरीले केही महिना अघि काभ्रेमा एनसेलको टावरमा आगलागी गरेको आरोपमा फेरि पक्राउ गरेको हो।
नरेन्द्रबहादुर सिंह विश्वकर्माले दायर गरेको रिटमा सुनुवाई गर्दै न्यायाधीश चोलेन्द्र समशेर जबरा र तेजबहादुर केसीको संयुक्त इजलासले प्रकाण्डलाई रिहा गर्न आदेश गरेको थियो।
अबैध चन्दा संकलन गरेको आरोपमा प्रकाण्डलाई प्रहरीले २२ साउनमा चाल्नाखेलबाट उनीसहित तीनजनालाई पक्राउ गरेको थियो।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा