सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ, भाद्र १ । भारतीय प्रधानमन्त्रि अटल विहारी वाजपेयीलाई शुक्रबार साँझ यमुनाको घाटमा रहेको राष्ट्रिय स्मृति स्थलमा हिन्दु रितिरिवाज अनुसार अन्तिम संस्कार गरिएको छ ।
उनलाई उनको धर्मपुत्री नमिता कौल भट्टाचार्या ले दागबत्ति दिएकी छिन ।
उनको अन्तिम संस्कारमा स्मृति स्थलमा राष्ट्रपति रामनाथ कोविन्द, प्रधानमन्त्रि नरेन्द्र मोदी सहित पक्ष–विपक्षका सबै विशिष्ट नेताहरुको उपस्थिति थियो ।
उनको पार्थिक शरिरलाई विहान उनको सरकारी आवासबाट बिजेपी मुख्यालय पुर्याइएको थियो । त्यहाँ हजारौले उनको अन्तिम दर्शन गरेका थिए । त्यसपछि उनको पार्थिक शरिरलाई जनसागर विच अन्तिम यात्रा उनको स्मृति स्थलमा पुगेको थियो ।
उनलाई त्यहाँ राष्ट्रपति रामनाथ कोविन्द, उप –राष्ट्रपति बेकैया नायडू, तिनै सेना प्रमुख, लोकसभा अध्यक्ष सुमित्रा महाजन, लालकृष्ण आडवाणी र रक्षा मन्त्रि निर्मला सीतारमणले अन्तिम श्रद्धाञ्जली दिएका थिए ।
उनलाई सेनाको तिनै अंगका प्रमुखले अन्तिम श्रद्धाञ्जली दिएका थिए साथै उनलाई गार्ड अफ अर्नर पनि दिइएको थियो ।
वाजपेयीको अन्तिम संस्कारको लागी एक ट्रक चंन्दनको दाउरा ल्याइएको थियो ।
पुर्व प्रधानमन्त्रि अटल विहारी वाजपेयीको ९४ बर्षको उमेरमा विहिवार उपचारार्थ एम्स हस्पिटलमा निधन भएको थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा