सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, भदौ १ । आफ्नै सन्तानहरुलाई चर्पीको खाल्डोमा डुबाएर भाग्ने निर्दयी आमा पक्राउ परेकी छिन् । आफ्ना दुई छोरीलाई चर्पीको खाल्डोमा डुबाएर भागेकी ताप्लेजुङकी अनिता विकलाई प्रहरीले पक्राउ गरेको हो ।
अनिताले आफ्ना दुई छोरीलाई चर्पीको खाडलमा डुबाएर भाग्दा एकजनाको डुबेकै ठाउँमा र अर्कोको उपचारका लागि झापा लैजाने क्रममा मृत्यु भएको थियो ।
प्रहरीले उनलाई शुक्रबार सुनसरीको तरहराबाट पक्राउ गरेको हो । धरान जान लागेको सूचनाको आधारमा खोजी गर्दा उनलाई तरहरामा फेला पारेको ताप्लेजुङका प्रहरी निरीक्षक लक्ष्मणबहादुर थापाले जानकारी दिए ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा