सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
सुनसरी, भदौ १ । देवानगंज गाउँपालिका-१ मध्यहर्षाही बस्ने ४० वर्षीय श्रीकान्त शर्मालाई २ राउण्ड गोली सहित बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
शर्माले छिमेकीसँग बादबिबाद हुँदा गोली फायर गरेको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सुनसरी र ईलाका प्रहरी कार्यालय हरिनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई १ राउण्ड एसएलआरको गोली र १ राउण्ड थ्रीनटथ्री राईफलको गोली सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले अन्य आवश्यक अनुसन्धान गरिरहेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा