सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ, भाद्र १ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले “मेरो सिटिजन्स बचत खाता” ल्याएको छ । आज बैकको मुख्य कार्यालय नारायणहिटीपथ , दरबारमार्गमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारी र आजै अनुबन्धित भएका ब्रान्ड एम्बेसडर ज्ञानेन्द्र मल्लले संयुक्त रूपमा “मेरो सिटिजन्स बचत खाता” योजना सार्वजनिक गरेका हुन् ।
बैकले सातै प्रदेशका नेपाली नागरिकलाई लक्षित गरेर उक्त बचत योजना ल्याएको प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारीले जानकारी बताए ।
न्यूनतम मौज्दात १००\- मै खाता खोल्न मिल्ने ‘मेरो सिटिजन्स बचत खाता’ मा निःशुल्क अन्तर शाखा कारोबार, निःशुल्क सिटिजन्स स्र्माट (मोबाईल) बैंकिङ सुविधा, अनलाइन कारोवार गर्न सुरक्षित थ्रीडी सेक्युयर प्रविधिमा निःशुल्क दर्ता, निःशुल्क भिसा डेबिट कार्ड, लकरको वार्षिक शुल्कमा ५०% छुट, विदेशी मुद्रामा ड्राफ्ट/स्विफ्ट जारी गर्दा ५०% छुट, निःशुल्क आस्वा सेवाजस्ता आकर्षक विशेषताहरु उपलब्ध रहेका छन् ।
दैनिक मौज्दातमा ७ प्रतिशत व्याज गणना गरी त्रैमासिक रूपमा भुक्तानी गर्नु यस योजनाको प्रमुख विशेषता रहेको कुरा बैंकले जानकारी दिएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा