सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ, भाद्र १ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले राष्ट्रिय क्रिकेट टिमका उप–कप्तान ज्ञानेन्द्र मल्ललाई ब्रान्ड एम्बेसडरमा घोषणा गरेको छ । बैंकले आज मुख्य कार्यालयमा आयोजीत एक कार्यक्रममा आफ्नो ब्रान्ड प्रवद्र्धनका लागि मल्ललाई एक वर्षका लागि अनुबन्ध गरेको हो ।
उप्रान्त इन्टरनेशनल सिमेन्टका उत्पादनहरुको प्रवद्र्धन अभियान तथा प्रचार सामग्रीमा अभिनेता हमाल सामेल हुनेछन् ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारीले ज्ञानेन्द्र मल्ललाई ब्याट हस्तान्तरण गरी बैंकको ब्रान्ड एम्बेसडर भएको कुरा औपचारिकरूपमा घोषणा गरेका हुन् ।
नेपालका ‘सुपरस्टार’ खेलाडीलाई बैंकसँग आबद्ध गराउन पाउँदा बैंकको लोकप्रियता तथा व्यावसायिकता अभिवृद्धिमा मद्दत पुग्ने विश्वास बैंकका प्रमुखकार्यकारी अधिकृत भण्डारीले व्यक्त गरे ।
ब्रान्ड एम्बेसडरमा नियुक्त भएपछि राष्ट्रिय क्रिकेट टिमका उपकप्तान मल्लले सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले खेल प्रवर्धनको लागि देखाएको अग्रसरता प्रशंसायोग्य रहेको र नेपालको जुनसुकै खेललाई माथि उठाउन कर्पोरेट क्षेत्रहरुको आवश्यकता रहेको औंल्याए । नेपाली क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्दै आएका मल्लले बैंकको प्रवद्र्धनका लागि सक्दो सहयोग गर्ने प्रतिक्रिया दिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा