सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रप जथाभावी मिडिया विरुद्ध बोल्दै आइरहेका छन्, कहिले ‘फेक न्युज’ भनेका छन त कहिले ‘ब्ल्याकमेलर’ भन्दै आएका छन् हुदा हुदा उनले मडियालाई ‘जनताको दुश्मन’ समेत भने । लगातार मिडियालाई प्रहार गरीरहने राष्ट्रपति ट्रंप विरुद्ध अहिले अमेरीकी मिडिया एक साथ उभिएका छन् । यही सन्दर्भमा शुक्रबार अमेरीकाको ३४३ अखबारले डोनाल्ड ट्रप विरुद्ध एकसाथ सम्पादकीय लेखे ।
यती मात्र होइन बोस्टन ग्लोब अखबारले त राष्ट्रपति विरुद्ध क्याम्पेन नै शुरु गर्यो जबकी न्युयोर्क टाइम्सले आपनो सम्पादकीय मा एक पटक फेरी डोनाल्ड ट्रपको नाम समेत लिएन । न्युयोर्क टाइम्सले ट्रंपलाई कुनैमा ‘मिस्टर प्रेसिडेंट’ लेखेको छ भने कुनैमा ‘तिनि’ भनेर सम्बोधन गरे ।
अखबारले लेख्यो ब्हाइट हाउसको महत्व यो भन्दा कम त कहिले भएन । तिनि (ट्रंप) लोकतन्त्रको रंगमा बग्ने रगतको लागी पनि खतरनाक छन् ।
राष्ट्रपति ट्रंप प्राय मिडिया विरुद्ध आगो हुन्छन्, उनले कैयौ पटक त मिडियालाई ‘फेक मिडिया’ को शब्द पनि प्रयोग गरे । हद त त्यो बेला नाग्यो जब ट्रंपले केही दिन पहिला आफनो पुरानो बयानबाट अझ २ कदम अगाडि बढ्दै मिडियालाई जनताको दुष्मन भनिदिए । ट्रपको भनाई कै कारण हालै मात्र गरिएको सर्वेक्षणमा अमेरीकामा ५१ प्रतिशत मानिसहरुले पनि मिडियालाई जनताको दुष्मन भनेका छन् ।
ट्रपले प्राय मिडिया विरुद्ध बोलेको कुरालाई लिएर न्युयोर्क टाइम्सले उनलाई कैयौ पटक सावधानी पनि गरेको थियो । तर जब देशको जनताले पनि मिडियालाई दुष्मन मान्न थाले तब पुरै देशको मिडियाले आपत्ति जनाउदै राष्ट्रपतिको घृणा भरिएको बयान विरुद्ध एकसाथ सम्पादकिय लेख्ने निर्णय गरे ।
ट्रप विरुद्धको क्याम्पेनको शुरुवात ग्लोब नामको अखबारले गरेको छ । शुरु मा १०० वटा अखबार एकसाथ आए र सम्पादकिय लेख्नको लागी १६ अगस्टको तारिक तय गरीयो । तर १६ तारिख नआउदै ३४३ अखबार यो अभियानमा एक्येबद्धता जनाउदै जोडिए । यि ३४३ अखबार अमेरीकोको पुरै ५० राज्यलाई कभर गर्दछन् ।
अखबारहरुले जमेर ट्रप विरुद्ध उत्रेर लेखे “अमेरीकाको लोकतन्त्रको रंगमा बग्ने रगतको लागी पनि खतरनाक छन् डोनाल्ड ट्रप”।
न्युयोर्क टाइम्स: ब्हाइट हाउसको महत्व यो भन्दा कम कहिले भएको थिएन ।
द गार्डियन : “आफै आवज उठाउनुहोस। तपाईलाई ट्रपबाट बचाउनु हाम्रो काम होइन “।
द गार्डियनले लेख्यो : “हामी अमेरीकी जनताको दुष्मन होइनौ , हामी उनीहरुको हित नै चाहन्छौ, तर आफनो राम्रो चाहनको लागी अमेरीकीहरुले अब आवाज अठाउनु पर्छ । हामी तपाईहरुलाई ट्रपबाट बचाउन आएका होइनौ । हामीहरुको जुन कुरा ट्रंपलाई लडाई लाग्छ, त्यो हाम्रो नियमित काम हो ” ।
न्युयोर्क पोस्ट : “सत्य कुरा गर्ने जो कोहीलाई झुटो सावित गरिदैछ ” ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा