सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, भदौ १ । साताको अन्तिम दिन अर्थात शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य यथावत रहेको छ । बिहीबार बजारमा छापावाल सुन प्रतितोला मूल्य ५५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो भने आज पनि बजारमा सुन प्रतितोला मूल्य ५५ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
बिहीबार तेजावी सुन प्रतितोला मूल्य ५५ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो भने आज (शुक्रबार) पनि सुन प्रतितोला मूल्य ५५ हजार ३०० रुपैयाँर्मै कारोबार भइरहेको छ ।
त्यस्तै, बिहीबार बजारमा चाँदी प्रतितोला मूल्य ७१५ रुपैयाँमा कारोबार भएको थियो भने आज (शुक्रबार) पनि चाँदी प्रतितोला मूल्य ७१५ रुपैयाँमै कारोबार भइरहेको जनाएको छ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा