सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ, भदौ १ । मुलुकी एेनकाे विराेधमा सिंहदरबार अगाडि एक युवाको नाङ्गै प्रर्दशन गरेका छन् । गाई, गोरु मार्नेलाई कानुन लगाएको भन्दै सरकारको विरोधमा शुक्रबार दिउँसो सिंहदरबारको दक्षिणी गेट अगाडि जितिन लिम्बुले नग्न भएर प्रदर्शन गरेका हुन् ।
त्यस क्रममा उनले तस्करी, बलात्कारी, घुसखोरीलाई कानुन लगाउनुको साटो गाई, गोरु मार्नेलाई कानुन लगाएकाले सरकारको विरोधमा सिंहदरबारमा धर्ना दिन आफूले नग्न प्रर्दशन गरेको प्रतिक्रिया दिएका छन् ।
सार्वजनिक स्थलमा अश्लिलता प्रर्दशन गरेकाले उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त, सिंहदरबारले जनाएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा