सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
डेमोक्रेटिक रिपब्लिक अफ कंगोमा हैजाको महामारीले फेबु्रवरीदेखी अहिलेसम्म १२७ जनाको मुत्यु भइसकेको छ । यता नाइजरमा यो महामारीले अहिलेसम्म २२ जनाको मुत्यु भईसकेको छ ।
पुर्वी कासाई क्षेत्रका सवास्थ्य मन्त्रि हिप्पोलाइट मुटोम्बो मबाब्बे ले हैजाबाट २,१०० विरामीको उपचार भइरहेको बताएका छन् भने फेब्रुवरीदेखी अहिलेसम्म १२५ जनाको मुत्यु भईसकेको बताएका छन् । संयुक्त राष्ट्रसंघका अनुसार नाइजरमा मरादी प्रान्तमा हैजाले २२ जनाको मुत्यु भएको बताइएको छ ।
यो भन्दा पहिला अगस्टमा नाइजेरियाको उत्तर–पश्चिम राज्य कैनोमा हेजा फैलदा पछिल्लो सात दिनमा कम्तिमा ११ जनाको मुत्यु भएको थियो । समाचार एजेन्सि सिन्हुआको अबर अनुसार, बेबेजी क्षेत्रका तिन गाउँमा हैजा फैलदा ४७ अन्य मानिसलाई अस्पताल भर्ना गराइएको थियो ।
सबै मृत शरिरलाई गाडिएको थियो । यो गाउँमा न त क्लिनिक छ न त अस्पताल नै । नाइजेरियामा दुषित पानीको कारण हैजाको प्रकोप साधारण बन्दै गईरहेको छ, विशेष रुपमा यो घना आवादी भएको इलाकामा चाडो चाडो फैलदै गईरहेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा