सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
पर्वत, भाद्र १ । बिद्यालय आउने कलिला बालबालिकालाई अप्राकृतिक मैथुन गराउने एक शिक्षक पुर्पक्षका लागि थुनामा परेका छन ।
पर्वतको फलेबास नगरपालिका वडा नम्वर ६ स्थित माझीगाउ प्राथमिक बिद्यालयका प्राधानाध्यापक खिलप्रसाद पौडेल पर्वतको जिल्ला अदालतको आदेशमा बिहीबार पुर्पक्षका लागि जेल चलान भएका हुन ।
पर्वत जिल्ला अदालतका निमिक्त न्यायधीश दयराम पोख्रेलको एकल इजलासको आदेशले थुनामा परेका प्रअ पौडेलले बिद्यार्थीलाई मुख मैथुन गराउँदै आएको अभियोग लागेको छ । ५१ बर्षिय प्रधानाध्यापक पौडेललाई फलेवास नगरपालिका – ६ मा रहेको माझीगाउ प्राविमा अध्ययनरत ७ देखि १२ बर्ष उमेरका ३ जना बालिका र अर्को एक बिद्यालयमा अध्ययनरत सोही उमेर समुहकी वालिकालाई पटक पटक फकाएर अप्राकृतिक मैथुन गराएको अभियोगमा साउन ६ गते पक्राउ परेका थिए । यो खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा