सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, साउन ३१ । बिहीबार नेपाल कम्युनिस्ट पार्टीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले पार्टीले विकास र समृद्धिको उडान भर्ने तयारी गरिरहेको दाबी गर्नुभयो । उहाँले पार्र्टीलाई फुटाउने र सरकारलाई कमजोर बनाउने षड्यन्त्र भइरहेको दाबी गर्दै त्यसलाई चिरेर अघि बढने दृढता पनि व्यक्त गर्नुभयो ।
अध्यक्ष दाहालले मुलुकलाई समृद्ध बनाउने एक मात्रै शक्ति नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रहेको पार्टीमा प्रवेश गरेका युवाहरुले पनि पुष्टि गरेको दाबी गर्दै राष्ट्र र नागरिकको हितमा सरकारलाई अझै मजदुतका साथ अघि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
अध्यक्ष दाहालले पार्टीमा विभिन्न खालका चुनौति रहेको उल्लेख गर्दै त्यसलाई सामना गरेर अघि बढने पनि बताउनुभयो । कार्यक्रममा काठमाडौं, ललितपुर र ओखलढुंगाका विभिन्न राजनीतिक दलका युवाहरु नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गरेका थिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा