सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
भारतीय पुर्व प्रधानमन्त्रि अटल विहारी वाजपेयीको अवस्थामा नाजुक अवस्थामा पुगेको छ । भारतीय जनता पार्टीका ९३ बर्षिय नेता वाजपेयी किड्नी इंफेक्शन, युरिनरी इंफेक्शन, पिसावमा आदि समस्याबाट ग्रसित थिए ।
यसवाहेक उनी सबैभन्दा बढि डिमेन्सिया रोगबाट पिडित छन् । डिमेन्सिया एउटा अवस्था हो जसमा मानिसहरुको स्मरणशक्ति कमजोर हुदै जान्छ भने आफनो दैनिकि काम पनि ठिक ढंगले गर्न सक्दैनन् ।
उनलाई ११ जुनदेखी अखिल भारतीय आयुर्विज्ञान संस्थान, दिल्लि (एम्स) मा उपचारको लागी भर्ना गरीएको थियो ।
विहिवार विहान ११ बजे एम्सको तर्फबाट जारी गरिएको दोस्रो मेडिकल रिपोर्ट अनुसार २४ घण्टामा उनको अवस्था अझ विग्रदै गएको बताइएको छ ।
उनलाई भेट्न भारतीय प्रधानमन्त्रि मोदीपनि हिजो बेलुका एम्स हस्पिटल पुगेका थिए । मोदी वाहेक रेल मन्त्रि पीयुष गोयल र भाजपा सांसद मीनाक्षी लेखी लगाएत पनि वाजपेयीको स्वास्थ्य अवस्था बुझ्नको लागी अस्पताल पुगेका थिए ।
मधुमेहबाट ग्रसित वाजपेयीको एउटा किड्नीले मात्र काम गर्दछ । २००९ मा उनी पक्षघातको शिकार भएका थिए उक्त समयदेखी उनी मानिसहरुलाई चिन्ने तथा पहिचान गर्न छोडेका थिए । त्यसपछि उनलाई डिमेशिया यानी विर्सने रोग पनि भएको थियो । अहिले उनी कोही कसैलाई पनि चिन्दैनन् ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा