सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
इटलीको जिनोवा शहरमा मंगलबार पुलको एउटा भाग खस्दा अहिलेसम्म ३९ जनाको मुत्यु भईसेकेको छ । इटलीका प्रधानमन्त्रि गिउसेपे कोन्टेले यस घटनालाई लिएर १२ महिनाको लागी आपतकालको घोषणा गरेका छन् ।
इटलीको यातायात मन्त्रि डेनिलो टोनिनेलीले यो घटनालाई ठुलो त्रासद्धिपुर्ण बताएका छन् । उक्त पुल पानी धेरै पर्नाले खसेका बताइएको छ । पुल खस्दा ९ वटा सवारी साधन सवार गरीरहेको बताइएको छ । राहत तथा बचाउ कार्यमा हजारौ मानिसहरु खटिएका छन् भने घटनास्थलबाट मानिसहरुको सकुशल उद्धारको सम्भावना न्युन रहेको अन्तराष्ट्रिय मिडियाहरुले बताएका छन ।
इटलीको मिडिया अनुसार, यो घटनामा मीरादी ब्रिजको करीब २०० मिटरको भाग खसेको हो । पुलको धेरै भाग रेल ट्रयाकमा खसेको छ ।
इटलीको जेनेभा उत्तरपश्चिमी भागमा समुन्द्र र पहाडको विच अवस्थित छ । जेनेभामा पुल खसेपछि फ्रान्सका राष्ट्रपति इमैन्युल मेक्रोले ट्विटरद्धारा यो त्रासदीमा फ्रान्स इटलीको साथ छ र उसलाई आवश्यक सहयोग गर्नको लागी तत्तपर रहेको बताएका छन् ।
सरकारले पुल खसेको बारे जाँचबुझ शुरु भईसकेको छ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा