सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, साउन ३१ । प्रहरीले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कालिकोटले विप्लवसहित सो पार्टीका सात नेताविरुद्ध मुद्धा दायर गरेको हो । बुधबार जिल्ला अदालत कालिकोटमा विप्लवसहितका नेताविरुद्ध संगठित अपराध तथा विस्फोटक पदार्थ ऐनअन्तर्गत मुद्धा दायर गरेको हो ।
आफ्ना नेता खड्गबहादुर विक प्रकाण्डलाई पक्राउ गरेको विरोधमा सो पार्टीले बिहीबार आह्वान गरेको नेपाल बन्दका क्रममा कालिकोट सदरमुकामा मान्मा र कर्णाली राजमार्गको कालेखोला तथा मालपोत कार्यालयमा बम विस्फोट गराएको आरोपमा मुद्धा दायर गरिएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख प्रहरी नायब उपरीक्षक ९डिएसपी० विनोद शर्माले जानकारी दिए । यो खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा