सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, साउन ३० । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी भदौ २ देखि १७ गतेसम्म इण्डोनेशियामा हुने एशियाली खेलकूद प्रतियोगितामा भाग लिने नेपाली खेलाडीलाई राष्ट्रको प्रतिष्ठा उच्च राख्दै पूर्ण अनुशासित भएर स्पर्धा गर्न आह्वान गरेकी छन् ।
उक्त प्रतियोगितामा भाग लिने नेपाली खेलाडीलाई राष्ट्रपति कार्यालयमा आज आयोजित एक विशेष कार्यक्रममा शुभकामना व्यक्त गर्दै राष्ट्रपतिले खेलकूदको मर्म र भावनाअनुरुप प्रतिस्पर्धामा खरो उत्रन आग्रह गरिन् ।
उनले देशभित्रै खेलकूदका पूर्वाधार निर्माण गर्न सकेमा अन्तर्राष्ट्रियस्तरका खेलकूद प्रतियोगिता नेपालमा आयोजना गर्न सकिने बताउँदै त्यसतर्फ सम्बन्धित निकायको ध्यान आकर्षित हुने विश्वास व्यक्त गरिन् ।
राष्ट्रपति भण्डारीले खेलाडीलाई जीवन निर्वाहका साथै उनीहरुको स्वास्थ्यका बारेमा पनि आवश्यक व्यवस्था गर्न सरकारले सोच्नुपर्ने विचार व्यक्त गरिन् ।
उनले राष्ट्रिय खेलकूद परिषद्का सदस्यसचिव एवम् ‘सेफ द मिसन’ केशवकुमार बुढाथोकीलाई नेपालको राष्ट्रिय झण्डा हस्तान्तरण गरिन् ।
सेफ द मिसन बुढाथोकीले १८औँ एशियाली खेलकूद प्रतियोगितामा प्रतिस्पर्धा गर्ने खेलाडीको परिचय प्रस्तुत गर्दै नेपालको गौरव र गरिमा खेलकूदका माध्यमबाट उच्च राख्न खेलाडीले हरसम्भव प्रयास गर्ने बताए ।
नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले आधा शताब्दी लामो नेपालको खेलकूद इतिहासको चर्चा गर्दै सीमित स्रोतसाधन तथा खेलाडीको मिहिनेतबाट प्राप्त उपलब्धिको सराहना गरे ।
उक्त प्रतियोगितामा नेपालसहित ४५ देशले भाग लिँदैछन् भने नेपालले २९ खेलमा प्रतिस्पर्धा गर्नेछ । एशियाडमा सरकारी टोली, प्रशिक्षक तथा खेलाडी गरी ३०० जनाको सहभागिता हुनेछ । रासस
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा