सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, साउन ३०। बलिउड सुपरस्टार सलमान खानलाई नेपाल ल्याउने नाममा ठगी आरोपमा पक्राउ परेका सीमान्त गुरुङ धरौटी बुझाउन नसक्दा कारागार चलान भएका छन् । अदालतले मागेको ४५ लाख रुपैयाँ धरौटी बुझाउन नसक्दा उनलाई नख्खु कारागारमा पठाएको हो ।
सलमान खानलाई नेपाल ल्याउने भन्दै सर्वसाधारणलाई ठगी गरेका ओडिसी इन्टरटेनमेन्टका गुरुङ २९ असारमा पक्राउ परेका थिए । गत साउन २४ गते जिल्ला अदालतले उनलाई धरौटीमा छोड्ने आदेश दिए पनि चेक बाउन्सको आरोपमा उनी पुन पक्राउ परेका थिए ।
उनलाई बुधबार नख्खु कारागार पठाइएको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा