सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
आफनो श्रीमतीसँग बदला लिन श्रीमानले कतिसम्म गर्दो रहेछन् भन्ने नमुना अमेरीकाको उटा भन्ने शहरको घटना सुन्न पाइयो । एक ब्यक्तिले आफनो पत्नीलाई मार्नको लागी आफनै घरमा विमान खसालेका छन् । यद्यपी, यो घटनामा पती स्वयम नै मरे भने उसको श्रीमती र एक बच्चा भने सुरक्षित साथ घरबाट बाहिर निक्लन सफल भए ।
यो आश्चर्यजनक घटनाको बारेमा प्रहरीले बताए अनुसार विमान घरमा ठोक्ने वित्तिकै आगो लाग्यो, जसमा श्रीमानको तत्कालै मरे । यो घटनामा घरमा पनि क्षती पुग्यो जसमा घरको अगाडिको भाग पुर्ण रुपमा जल्यो ।
घटनामा मुत्यु हुने ब्यक्तिका नाम डुएन युड हो र उनी विमान कम्पनिका पाइलट हुन् ।
प्रहरीका अनुसार, घटना हुनुभन्दा केही घण्टा पहिला डुएन युडको पत्नीसँग झगडाको आरोपमा पक्राउ गरिएको थियो र केही समयमै उनी छुटेका थिए ।
मिडिया रिपोर्ट अनुसार जमानत मिलेपछि युडले पत्नीसँग बदला लिनको लागी सानो विमान लिएर आफनो घरमाथि खसालेका बताइएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा