सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, साउन ३० । मेगा बैंक र लाइफ इन्स्योरेन्स कर्पोरेशनबीच बैंकास्योरेन्स सम्झौता भएको छ ।
बुधबार एक कार्यक्रमका विच मेगा बैंकको प्रधान कार्यालयमा मेगा बैंककी सहायक नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआइसी)का कायममुकायम सिइओ अविजित घोष दस्टीदरले बैंकास्योरेन्स सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरे ।
बैंकासुरेन्सको माध्यमबाट बैंकका ग्राहकहरुलाई जिबन बिमा कम्पनीले प्रचलनमा ल्याएका बिमा योजना खरिद गर्न सहज हुनेछ ।
लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआइसी) का बिमा योजना तथा बिमा सेवा सजिलैसँग मेगा बैंकका सबै शाखाहरुबाट छिटो, छरितो तथा सहज रुपमा जीवन बीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दावी भुक्तानी लगायत सम्पूर्ण बीमा सेवा प्राप्त गर्न सक्नेछ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा