सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
नुवाकोट, साउन ३०। नुवाकोटको विदुर नगरपालिका–९ लामाटारमा बस दुर्घटना हुँदा ४० जना घाइते भएका छन् । बा २ ख २८०४ नंको बसले मिनीट्रकलाई ठाउँ छोड्ने क्रममा सडक भाँसिएर ४० मिटर तल खस्दा बसमा सवार ४० घाइते भएका नुवाकोटका प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए ।
आज बिहान १०ः३० बजेतिर भएको दुर्घटनामा गम्भीर घाइते सातलाई थप उपचारको लागि काठमाडौँ पठाइएको छ । अन्य घाइतेको त्रिशूली अस्पतालमा उपचार भइरहेको छ ।
काठमाडौँ उपचारको लागि पठाइएको घाइतेहरुमा घिसिङ तामाङ, वीरबहादुर विक, होमबहादुर लामा, प्रेमसिंङ तामाङ, विवामायाँ घले, पूर्ण लामा, उत्तम तामाङ र मङगली रहेका छन्।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा