सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
तिब्बतमा तैनाथ आफनो सैनिकको युद्धक्षमता बढाउनको लागी चिनले कैयौ अक्सिजन स्टेनशन निर्माण गरेको छ । यसले धेरै उचाईमा रेहेको सैनिक क्याम्पमा रहेका सैनिकहरुलाई अक्सिजनको कमीबाट छुटकार मिल्नेछ ।
धेरै उचाईमा सैनिकहरुलाई मस्तिष्क सम्बन्धि रोगको खतरा भईरहन्छ जसको उपचारको लागी चीनको आर्मी मेडिकल युनिभर्सिटि हाई–प्रेशर अक्सिजन थेरापी पनि विकास गरीरहेको छ । यो युनिभर्सिटि भारत र चिनको वास्तविक नियन्त्रण रेखा (एलएसी) नजिकै रहेको छ ।
चिनले यसको साथै पछिल्लो बर्षदेखी तिब्बतमा रहेको सैन्य बेसलाई पोर्टेबल ब्यारेकमै परिवर्तन गर्न शुरु गरेको छ । कुनै पनि बेला सार्न सकिने यी ब्यारेकहरु विशेष गरी धेरै उचाईमा रहेको इलाकाको लागी ध्यानमा राखेर डिजाइन गरीएको हो । जति जाडो भएपनि यी ब्यारेक भित्रको तापमान १५ डिग्रि सेल्सिय भन्दा तल आउदैन ।
चीन आफनो पीपुल्स लिबरेशन आर्मी (पीएलए) को प्रशिक्षण तथा युद्ध सम्बन्धि तयारीको जानकारी समय–समय दीइरहन्छ । पीएलएका एक अखबार अनुसार पछिल्लो महिना चिनको स्पेशल फोर्सले तिब्बतमा युद्ध अभ्यास गरेको थियो भने उक्त समय हेलिकप्टर पाइलटको पनि ट्रेनिङ दिइएको थियो ।
भारत र चिन विच पछिल्लो बर्ष भएको डोकलाम विवादपछि गत जुनमा तिब्बतमा तैनाथ चीनीया सैनिकले आफनो हतियारलाई परिक्षण गर्नको लागी पहिलो पटक अभ्यास गरेको थियो ।
एक रिपोर्ट अनुसार, चीन अरुणाञ्चल प्रदेशबाट खिचिएको तिब्बती इलाकामा एउटा स्वचालित मौसम अवलोकन स्टेशन पनि स्थापना गर्न गईरहेको छ । यसको मद्यतले उसलाई लडाकु विमानको उडान र मिसाइल लचिंङको लागी मौसमको सहित जानकारी मिल्नेछ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा